Logo

मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने

मनकामना केवलकारका ग्राहकले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने



काठमाडौं । मनकामना केवलकारका ग्राहकहरुले मेरिना इम्पेक्समा २५ प्रतिशत छुट पाउने भएका छन् । मनकामना दर्शन र मेरिना इम्पेक्सबीच बिहीबार भएको सम्झौताअनुसार मेरिना इम्पेक्समा जुनसुकै कपडा खरिद तथा सिलाईमा २५ प्रतिशत छुट पाउने भएका हुन् ।

laxmi

सम्झौतामा मनकामना दर्शन प्रालिका तर्फबाट यशु श्रेष्ठ र मेरिना इम्पेक्सको तर्फबाट रामप्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार मेरिना इम्पेक्सका सेवामा छुट पाउनका लागि मनकामना केवलकारका ग्रहकहरुले मनकामना दर्शन प्रालिले उपलब्ध गराउने कुपन पेस गर्नुपर्नेछ ।

त्यसैगरी, मेरिना इम्पेक्सका ग्राहकहरुले मनकामना केवुलकारको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । जसका लागि मेरिना इम्पेक्सले आफ्ना ग्राहकहरुलाई प्रत्येक बिलबराबर एउटा छुट कुपन उपलब्ध गराउनेछ । उक्त कुपनका आधारमा मनकामना केवलकारले टिकटमा मेरिना इम्पेक्सका ग्राहकहरुलाई दश प्रतिशत छुट दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL