Logo

समाचार र तस्विर फरक हुँदा फ्रेट फरवाडर्सको गम्भिर ध्यानाकर्षण, तस्विर हटाउन संचार माध्यमलाई आग्रह

समाचार र तस्विर फरक हुँदा फ्रेट फरवाडर्सको गम्भिर ध्यानाकर्षण, तस्विर हटाउन संचार माध्यमलाई आग्रह



काठमाडौं । नेपाल फ्रेड फरवाडर्स एसोसीएसनले उपाध्यक्ष नरेश कुमार अग्रवालको तस्विर गलत समाचारमा प्रकाशित भएको प्रति गम्भिर ध्यानाकर्षण गराएको छ ।

laxmi

राजस्व अनुसन्धान विभागको अनुसन्धानका क्रममा पक्राउ परेका नरेश अग्रवालको तस्विर भन्दै नेपाल उपाध्यक्ष नरेश कुमार अग्रवालको तस्विर प्रकाशित भएपछि संघले ध्यानाकर्षण गराएको हो । केहि राष्ट्रिय दैनिक र अनलाईन संचार माध्यममा गलत समाचारसँग उनको तस्विर सार्वजनिक भएको थियो ।

तर हुन्डी र सुन कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल फरक व्यक्ति हुनाले तस्विरको गलत प्रयोग गरिएको संघको भनाई छ ।

उक्त समाचारमा आरोपीत नरेश अग्रवाल क्षेत्रपाटी स्थित कपडा व्यापारी रहेको भएपनि संघका उपाध्यक्षको तस्विर प्रयोग गरिएको संघले जानकारी दिएको छ । फ्रेड फरवाडर्स एसोसीएसनले नरेश कुमार अग्रवालको उक्त समाचारहरुसंग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL