Logo

व्यवसायीले गाडीको मुल्यमा कार्टेलिङ गर्दा उपभोक्ता मारमा, ईभीमा टेक्निकल ईरर गरेर कर छली

व्यवसायीले गाडीको मुल्यमा कार्टेलिङ गर्दा उपभोक्ता मारमा, ईभीमा टेक्निकल ईरर गरेर कर छली

पारी खोलेर वारी जोड्ने एसेम्बल उद्योगको काम छैन : अर्थमन्त्री डा. महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अटो व्यवसायीहरुले आफ्नो मुनाफाका साथै उपभोक्ताको हितलाई ध्यान दिनुपर्ने बताएका छन् । नाडाको ४७ औं वार्षिक साधारणसभामा बोल्दै गाडि आयातकर्ताले कार्टेलिङ गर्दै गाडिको मुल्य तय गरेर उपभोक्तालाई मारमा पार्ने गरेको उनको भनाई थियो । ‘आफुहरुले जति मुल्य राखेपनि उपभोक्ताले गाडि किनिहाल्छन् भन्ने मानसिकताबाट गाडि आयातकर्ताहरु बाहिर निस्कनुपर्छ,’ कार्यक्रममा बोल्दै उनले भने, ‘व्यवसायीले लिएको छुटमा उपभोक्ताले सुविधा लिन पाउनुपर्छ । यसमा व्यवसायीको मात्रै स्वार्थ पुर्ति हुनहुन्न ।’

laxmi

यसैगरी व्यवसायमा बढी नाफा आर्जन गर्न सोही अनुरुपको खोजिम लिनुपर्ने भन्दै आगामी दिनमा नेपालमै प्लाण्ट लगाएर सवारीसाधन उत्पादन गर्नुपर्ने उनको सुझाव थियो । ‘अब आयात गरेर मात्रै हुन्न व्यवसायीले पनि केही जोखिम लिएर आयातबाट उत्पादनतर्फ जानुपर्छ,’ उनले भने ।

यसैगरी पछिल्लो समय सरकारले गाडि एसेम्बल उद्योगहरुलाई छुट दिएपनि सोही अनुरुप भ्यालुएड हुन नसकेको भन्दै त्यसबाट सरकारले राजस्व मात्रै गुमाईरहेको उनको आरोप थियो । ‘भन्सार विन्दु पारीपट्टि खोलेर वारीपट्टी ल्याएर जोड्दैमा एसेम्बल उद्योग हुदैन,’ उनले भने, ‘एसेम्बल प्लाट लगाएर उत्पादन गर्दा भ्यालुएड कति हुन्छ त्यो आधारमा छुट हुनुपर्छ । यति भ्यालुएड नहुने हो भने एसम्वल उद्योग खोल्नुको ओचित्य छैन ।’

यसैगरी उद्योगी व्यवसायीले प्राविधिक रुपमा गडबडी गरेर विद्युतीय गाडि आयात गर्ने गरेकाले करको दरमा संसोधन गर्नुपरेको समेत उनले बताए । ‘गाडि आयातकर्ताले भन्सार छुट लिनकै लागि १ सय किलोवाट भन्दा बढी क्षमता भएका इलेन्ट्रिक गाडिलाई पनि सोभन्दा कम देखाएर भित्र्याउन थाले,’ उनले भने, ‘त्यसैलाई रोक्नका लागि सरकारले १५० किलोवाट क्षमतासम्मका गाडिमा एउटै कर लगाउने नीति अबलम्बन गरेको हो ।’ साथै पछिल्लो समय सरकारले विभिन्न नाममा दिने छुटमा उद्योगी व्यवसायीले मात्रै फाइदा लिने गरेको र उपभोक्ताले त्यस्ता छुटको फाइदा नपाइरहेको समेत उनले जानकारी दिए । आगामी दिनमा उपभोक्ताको हितलाई समेत मध्यनजर गर्दै व्यवसाय गर्न उनको उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL