Logo

एचआईडीसी र तामाकोशीको विक्री प्रबन्धकमा नागरिक लगानी कोष, दुवैको गरी ५ अर्व ६० करोडको आईपीओ आउँदै

एचआईडीसी र तामाकोशीको विक्री प्रबन्धकमा नागरिक लगानी कोष, दुवैको गरी ५ अर्व ६० करोडको आईपीओ आउँदै


रामराजा श्रेष्ठ
54
Shares

बिजखबर संवाददाता

७ पुस, काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसी)ले प्राथमिक सेयर निश्काशन (आइपीओ) का लागि नागरिक लगानी कोषलाई विक्री प्रबन्धक नियुक्त गरेको छ ।
सोमबार एक कार्यक्रमबीच कोषलाई विक्री प्रबन्धक नियुक्ती गर्नेबारेको सम्झौता भएको हो ।

कोषले १ अर्ब रुपैया बरावरको १ करोड कित्ता सेयरको प्रत्याभुति समेत गरेको छ । जतिसक्दो चाँडो नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त हुनासाथ आइपीओ निस्कासन गरिने कोषद्वारा जारी विज्ञप्तीमा उल्ल्ेख छ ।  एचआईडीसीले २ अर्ब रुपैयाको २ करोड कित्ता सेयर निस्काशन गर्दै छ ।

यस्तै, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडकले पनि सेयर निस्काशन तथा  बिक्री प्रबन्धकमा कोषलाई नै नियुक्त गरेको छ । हाल तामाकोशीले ३ अर्ब ६० करोड ६ लाख रुपैयाँको सेयर निस्काशन गर्न धितोपत्र बोर्डमा स्विकृतको लागि दिएको निवेदन प्रक्रियामा रहेको छ । बोर्डबाट स्विकृत हुनासाथ दुवै कम्पनीको गरी ५ अर्ब ६० करोड रुपैयाँको आइपीओ आउने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL