Logo

नेपाललाई विद्युत व्यापारमा ९ अर्ब घाटा, १० अर्ब ४५ करोडको बेच्दा १९ अर्ब ४४ करोडको किन्यो

नेपाललाई विद्युत व्यापारमा ९ अर्ब घाटा, १० अर्ब ४५ करोडको बेच्दा १९ अर्ब ४४ करोडको किन्यो



काठमाडौं । नेपालले हरेक बर्ष वस्तु व्यापारमार्फत खर्वाैं रुपैयाँको व्यापारघाटा व्यहोर्दैै आएको छ । सन २०२१ देखि नेपालले पहिलोपल्ट बढी भएको बिजुली बेच्न थालेपछि वैदेशिक व्यापारघाटामा केहि राहत हुने अनुमान गरिएको थियो ।

laxmi

तर गत आर्थिक बर्षमात्रै नेपालले विद्युत व्यापारमा करिव ९ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा व्यहोरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार गत आर्थिक बर्ष २०७९/८० मा नेपालले १० अर्ब ४४ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गर्दा १९ अर्ब ४५ करोड रुपैयाँ बराबरको विजुली आयात गर्नुपरेको बताएको हो । यसअनुसार गत अािर्थक बर्षमात्रै नेपालले विदेशमा बिद्युत खरिदविक्री गर्दा ८ अर्ब ९९ करोड रुपैयाँ घाटा व्यहोरेको हो ।

नेपालले गत आर्थिक बर्ष ठुलो मात्रामा बिजुली निर्यात गरेको बताएपनि सुक्खा याममा भरपुर मात्रामा पानी नपर्दा र हिमालमा हिउँ नपर्दा धेरै बिजुली आयात गर्नुपरेको थियो । जसका कारण विद्युतको निर्यातभन्दा अत्याधिक मात्रामा आयात भएको घिसिङ बताउँछन् ।

प्राधिकरणले आगामी दिनमा विद्युतको वैदेशिक व्यापार बढाउँदै लैजाने बताएको छ । जसअनुसार नेपालले पहिलो पटक नोभेम्बर २०२१ देखि ३९ मेगावाट विद्युत भारत निर्यात सुरु गरी हाल करिव ४ सय ५० मेगावाट विद्युत निर्यात गरिरहेको प्राधिकरणले जानकारी दिएको छ ।

भारत निर्यातको लागि करिव ६ सय मेगावाट थप आयोजनाहरु भारतको विद्युत मन्त्रालयमा सहमतिको प्रकृयामा रहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । विहार र नेपालका विभिन्‍न स्थानमा जोडिएका १ सय ३२ केभी प्रसारण लाइनहरुबाट विहारको ग्रीड हुँदै भारतको केन्द्रीय ग्रीड प्रणालीबाट करिव ३ सय मेगावाट विद्युत बिक्री गर्न पिटिसि इन्डिया, विहार स्टेट पावर कर्पोरेशन र प्राधिकरण बीच त्रिपक्षीय सहमति भएको छ।

यस्तै भारतको हरियाना राज्यलाई विद्युत सप्लाई गर्ने गरी भारतीय विद्युत व्यापार कम्पनी एनभिभिएन सँग ५ वर्षको लागि २ सय मेगावाटको मध्यकालिन विद्युत बिक्री सम्झौता सम्पन्‍न भएको छ। सो को समहतिको लागि भारतीय ऊर्जा मन्त्रालयमा पठाइएको छ।

साथै नेपालले बंगलादेशमा विद्युत निर्यातको लागि भारतको एनभिभिएन, बंगलादेशको बंगलादेश पावर डेभलप्मेन्ट बोर्ड र प्राधिकरण बीच त्रिपक्षीय सम्झौताको अन्तिम चरणमा रहेको छ। हालसम्म नेपालको प्रणालीको जडित क्षमता कुल २ हजार ८ सय २२ मेगावाट पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL