Logo

चेम्बर र परिसंघबीच समझदारी, आर्थिक स्थायित्वका लागि सहकार्य

चेम्बर र परिसंघबीच समझदारी, आर्थिक स्थायित्वका लागि सहकार्य



काठमाडौं । आर्थिक स्थायित्वका लागि नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघबीच सहकार्य हुने भएको छ । बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत आर्थिक स्थायित्व र विकासका लागि निजी क्षेत्रका दुई प्रतिनिधीमुलक संस्थाबीच सहकार्य हुन लागेको हो । उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई बधाई एवं शुभकामना दिने क्रममा दुवै संस्थाका नेतृत्वले सहकार्य गरेर अघि बढ्ने समझदारी गरेका छन ।

laxmi

परिसंघका पदाधिकारीलाई बधाई दि“दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आगामी वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समव्यन मार्फत आर्थिक स्थायित्व दिनका लागि निजी क्षेत्रका संस्थाहरुले सहकार्य गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मल्लले भने, ‘मुलुकको अर्थतन्त्रलाई उकास्न एवं निजी क्षेत्रको मागलाई सम्वोधन गर्न पनि हामीले सहकार्य गर्न जरुरी छ ।’

उच्च ब्याजदरका कारण लगानीको वातावरण बन्न नसकेको भन्दै उनले पछिल्लो समय समग्र निजी क्षेत्रको मनोबल खस्किएको बताए । मौद्रिक नीति मार्फत वित्तीय स्थायित्व कायम गर्न एवं व्याजदर नियन्त्रणका लागि सरोकारवाला सरकारी निकायलाई एकै स्वरमा झक्झक्याउनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

चेम्बर, परिसंघ र उद्योग वाणिज्य महासंघले आगामी वर्षको मौद्रिक नीतिका लागि विहिबार संयुक्त सुझाव समेत पेश गर्दैछन ।
ब्याजदर नियन्त्रण गरेर वित्तीय क्षेत्रको सुधारका लागि आगामी वर्ष निरन्तर सहकार्य गर्ने विषयमा पनि चेम्बर र परिसंघबीच समझदारी बनेको छ ।

परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मौद्रिक नीतिको प्रभावकारी कार्यन्व्यनका लागि निजी क्षेत्रबीच सहकार्य हुनुपर्नेमा जोड दिए । आर्थिक विकास र समृद्धि निजी क्षेत्रको चाहना भएको भन्दै अग्रवालले आफुहरुको मागलाई सम्वोधन गर्नका लागि सरकारसंग नियमित छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए । उद्यारो कारोबारलाई निरुत्साहित गर्न अभियान चलाउने सम्वन्धमा पनि चेम्बर र परिसंघबीच सहकार्य गर्ने समझदारी बनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL