Logo

नेपालगंज सुक्खा बन्दरगाह र विराटनगर रेल उद्घाटन, भारतले नेपालबाट १० हजार मेवा बिजुली किन्ने

नेपालगंज सुक्खा बन्दरगाह र विराटनगर रेल उद्घाटन, भारतले नेपालबाट १० हजार मेवा बिजुली किन्ने



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त रुपमा नेपालगंज सुक्खा बन्दरगाह र विराटनगरको रेलमार्ग र कार्गाे उद्घाटन गरेका छन् । चार दिने भारत भ्रमणमा गएका प्रधानमन्त्री दाहाल र समकक्षी मोदीले उक्त दुई आयोजना उद्घाटन गरेका हुन् ।

laxmi

दुबै प्रधानमन्त्रीले भारतको दिल्लीबाटै स्वीच थिचेर भारतको बथनाहदेखि विराटनगर एकिकृत जाँच चौकिसम्मको रेलमार्ग र कार्गाे रेल उद्घाटन गरेका हुन् । त्यसैगरी नेपालगंज सुक्खा बन्दरगाहको पनि स्वीच थिचेरै उद्घाटन गरिएको हो । बन्दरगाह उद्घाटन गरेपछि भारतबाट आएका कन्टेनरहरु बन्दरगाहमा प्रवेश गरेका थिए ।

यससँगै नेपाली प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीचको भेटमा तल्लो अरुण जलविद्युत आयोजना, फुकोट कर्णाली जलविद्युत आयोजना, विद्युत व्यापारलगायतका सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ । बिहीबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालबाट आगामी १० बर्षमा १० हजार मेगावाट बिजुली किन्ने योजना रहेकोसमेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL