Logo

स्वर्णीम वाग्लेसमक्ष गार्मेन्ट एसोसिएसनको माग : नगद अनुदान १० प्रतिशत दिने व्यवस्था गर्नुपर्छ

स्वर्णीम वाग्लेसमक्ष गार्मेन्ट एसोसिएसनको माग : नगद अनुदान १० प्रतिशत दिने व्यवस्था गर्नुपर्छ



काठमाडौं । गार्मेन्ट एशोसिएसन अफ नेपालले रास्वपा सदस्य तथा सांसद अर्थशास्त्री स्वर्णीम वाग्लेसमक्ष तयारी पोशाकको निर्यातमा १० प्रतिशतको नगद अनुदान आवश्यक हुने बताएको छ । सोमबार उनलाई भेट्न अध्यक्ष पशुपितदेव पाण्डेकाे नेतृत्वमा गएका संघका पदाधिकारीहरुले हालको ४ प्रतिशतको अनुदानले नपुग्ने भएपछि १० प्रतिशत अनुदान अत्यावश्यक भएको बताएका हुन् ।

नेपाली उद्योग क्षेत्रमा पछिल्लो समय तयारी पोशाक उद्योगहरुको संख्या घट्दै गएको, यसतर्फ उद्योगीको आकर्षण पनि घटेको र अन्तरराष्ट्रिय बजारमा निर्यातमा कठिनाई भएको संघले सांसद वाग्लेसमक्ष राखेको छ ।

नेपाल भुपरिवेष्ठित राष्ट्र भएकाले विदेश निर्यात हुने धेरैजसो तयारी पोशाकको उत्पादन र ढुवानीलागत अत्याधिक भएपछि विदेशी बजारमा नेपाली उत्पादन महंगो भएको संघको भनाई छ । तसर्थ उत्पादन लागत र ढुवानी लागतमा केहि कमी गरी नेपाली उत्पादनलाई मूल्य कम गराएर विदेशी बजारमा प्रतिश्पर्धि बनाउन १० प्रतिशत अनुदानको आवश्यक रहेको बताईएको छ ।

यस्तै संघले धागो उद्योगलाई दिईएको बैंक ब्याजदरमा ५ प्रतिशतको सहुलियत तयारी पोशाक उद्योगलाई पनि ५ बर्षका लागि दिनुपर्ने माग राखेको छ । विदेशस्थित नेपाली नियोगहरुलाई सक्रिय बनाउनुपर्ने, निर्यात प्रवद्र्धनमा जोड दिनुपर्ने, एक्सपोर्ट क्रेडिट दिनुपर्नेलगायतका मागहरु राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL