Logo

आरएमसी फुड्सको न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना, उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल

आरएमसी फुड्सको न्युट्रीप्लसद्वारा शेफ सत्रको आयोजना, उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल



काठमाडौं । नेपालका प्रमुख होटलका शेफहरूलाई एकै ठाउँमा ल्याएर सन्जाल बनाउन र शेफ समुदाय समक्ष न्युट्रीप्लसलाई परिचित गराउने उद्देश्यका साथ, आरएमसी फुड्सले शेफ सत्रको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको छ । शेफ समुदायलाई एकताबद्ध गर्न र उत्कृष्ट खाना बनाउने तेलको महत्त्वबारे छलफल गर्न आयोजित सत्र सफल साबित भएको छ ।

laxmi

देशमा कार्यकारी शेफको उपाधि जित्ने पहिलो नेपाली शेफ गोविन्द नरसिंह केसी सत्रमा प्रमुख वक्ता थिए । उक्त नेटवर्किङ सेसनमा उनीसँगै चर्चित शेफ रत्नबहादुर थापा, शेफ लक्ष्मणप्रसाद भट्टराई, शेफ एसोसिएसनका अध्यक्ष श्याम लामालगायत अन्य शेफहरुको उपस्थिति रहेको थियो ।

सत्रमा शेफ समुदाय यस प्रकारका कार्यक्रम आयोजना गर्नुको महत्व, उत्कृष्ट खाना बनाउने कलाका लागि गरिने मेहेनत, उत्कृष्ट परिकार बनाउनका लागि तेलको महत्वका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा मास्टर सेफ प्रोफेसनल विजेता तथा न्युट्रिप्लसका ब्रान्ड एम्बेसेडर सन्तोष शाहले ब्राण्डको हिस्सा बन्नुको कारण र आफूले खाना बनाउने क्रममा न्युट्रीप्लसले थपेको फाइदाका बारेमा बताए । उनले स्वस्थ खाना पकाउने तेलको महत्त्व र जनस्वास्थ्यमा त्यसको प्रभावमा जोड दिए ।

आरएमसी फुड्सका कार्यकारी निर्देशक यश अग्रवाल भने, ‘नेपालका चर्चित र प्रमुख शेफहरू भेट्न पाउँदा र शेफ समुदायमा हाम्रो उत्पादन न्यूट्रिप्लसको परिचय दिन पाउँदा हामीलाई गर्व महसुस् भएको छ । उपस्थित शेफहरू हाम्रो भर्खरै प्रस्तुत गरिएको न्युट्रीप्लसबारे पहिले नै जानकार छन् र यसलाई वहाँहरू आफ्नो पाककलाको एक कडीका रूपमा प्रयोग गर्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाउन पाउँदा हामी पनि खुसी छौं । यस सत्रको उद्देश्य आफ्नो व्यवसायिक जीवनमा व्यस्त शेफहरूबीच सुमधुर भेटघाट र चिनजान गराउने थियो । यस सत्रको सफलताले हामीलाई शेफ समुदायको लागि नियमित अन्तरालमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्न उत्प्रेरित गरेको छ ।’

आरएमसी समूहले विगत तीन दशकदेखि नेपाली बजारमा अग्रणीका रूपमा निर्माण क्षेत्रलाई सेवा दिँदै आएको छ । समूहपय उपभोक्ता र सरोकारवालाहरूको विश्वास अब खाद्यमा पनि विस्तार गर्ने उधेश्यले आरएमसी फुड्स सन् २०२१ मा स्थापित गरेको छ । आरएमसी फुड्स प्रा. लि. खाद्य पदार्थको उत्पादन, प्रशोधन र नेपालभित्र र निर्यात बजारका लागि सम्बन्धित उत्पादनहरूमा केन्द्रित छ ।

दशकौं पुरानो परम्परालाई निरन्तरता दिँदै, समूहले नेपालको औद्योगिक क्षेत्र जीतपुर, बारामा सबैभन्दा ठूलो र अत्याधुनिक तेल प्रशोधन कारखाना स्थापना गरेको छ र एकैसाथ अन्य थप उत्पादनहरू ल्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्
MBL