Logo

ताकेता गर्दा पनि उद्योगीले तिरेनन् विद्युत महशुल, हेटौँडाका उद्योगीले मात्रै साढे दुई अर्ब तिर्न बाँकी

ताकेता गर्दा पनि उद्योगीले तिरेनन् विद्युत महशुल, हेटौँडाका उद्योगीले मात्रै साढे दुई अर्ब तिर्न बाँकी



काठमाडौं । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रलाई विद्युत् महसुलवापत यहाँका उद्योगले २ अर्ब ५५ करोड ५२ लाख ८२ हजार ८ सय ४९ बुझाउन बाँकी छ । लामो समयदेखि पटक–पटक ताकेता गर्दासमेत चालु आर्थिक वर्षको हालसम्म ती उद्योगबाट महसुल नबुझाएको उक्त केन्द्रले जनाएको छ । केही उद्योगविरुद्ध महशुलसम्बन्धी मुद्दासमेत चलिरहेको छ भने महसुल नतिर्ने ५ सय ४२ उद्योगलाई कालो सूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

laxmi

कालोसूचीमा परेका केही ग्राहकबाट कारबाहीस्वरुप ७९ हजार २ सय ४१ रुपैयाँ सङ्कलन भएको बताइएको छ । चालु आवको हालसम्म ५ हजारभन्दा बढी विद्युत् महसुल नतिर्ने ९ सय ७३ ग्राहकको लाईन काटेर कारबाही गरिएको केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठले जानकारी दिए।कारबाहीमा परेपछि ६ सय १७ जनाले जरिवाना तिरेर निवेदन दिएकाले लाइन जोडिएको र त्यसबाट २ करोड ५३ लाख

९५ हजार महसुल सङ्कलन भएको जनाइएको छ । हेटौँडामा ७२ हजार ६ सय ९४ग्राहक रहेकामा वितरण केन्द्रले मासिक १९ करोड १७ लाख ८८ हजार रुपैयाँ मूल्य बराबरको विद्युत् विक्री गर्दे आएको र १८ करोड ६ लाख १२ हजार रुपैयाँ महसुलबापत राजस्व सङ्कलन हुँदै आएको छ । साथै विद्युत् प्राधिकरणको पोल प्रयोग गरेबापत विभिन्न ६ वटा इन्टरनेट कम्पनीले ५३ लाख ५० हजार रुपैयाँ राजस्वसमेत बुझाएको बताइएको छ ।

यसैबीच ग्रामीण विद्युतीकरणअन्तर्गत जिल्लाका हेटौडा उपमहानगरपालिकालगायत वकैया, राक्सिरागङ, मकवानपुरगढी, कैलाश, भीमफेदी गाउँपालिकाका साथै अन्य गाउँपालिकाको ग्रामीण तथा दुर्गम क्षेत्रमा विद्युतीकरण थालिएको वितरण केन्द्रका इञ्जिनियर सन्तोष चौहानले वताउनुभयो ।

सो कार्यका लागि १८ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याइएकामा कतिपय स्थानमा काम सम्पन्न भइसकेको छ भने कतिपय स्थानमा कार्य भइरहको बताइएको छ । मनहरिमा विद्युत् सवस्टेशन निर्माण प्रक्रियासमेत अगाडि बढेको जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL