Logo

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)

आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)



काठमाडौं । अविरल वर्षाको कारण देशभरिको जनजीवन प्रभावित भएपछि सरकारले भोलि (आइतबार) र पर्सी (सोमबार) सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयको सिफारिशमा सरकारले यस्तो निर्णय लिएको हो । दशैं बिदापछि भोलिबाट सरकारी कार्यालयहरु सुचारु हुने भनिएको थियो ।

तर, अविरल वर्षाको कारण सवारी आवागमन र जनजीन कष्टकर बनेपछि गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि संघीय मामिला मन्त्रालयले भने मातहतका कार्यालय प्रमुखहरुलाई आजसम्म कार्यालय पुगिसक्न अत्यन्त जरुरी सूचना जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्