Logo

वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठको टिम घोषणा, जिम्मेवार निजी क्षेत्र बनाउने बनाउने प्रतिवद्धता

वरिष्ठ उपाध्यक्षका प्रत्याशी अन्जन श्रेष्ठको टिम घोषणा, जिम्मेवार निजी क्षेत्र बनाउने बनाउने प्रतिवद्धता



काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई)को निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अन्जन श्रेष्ठले टिम घोषणा गरेका छन् । बुधबार अरण्य होटल, हात्तिसारमा आयोजित घोषणासभामार्फत औपचारिकरुपमा उनले वाचापत्रसहहित टिम घोषणा गरेका हुन् ।

laxmi

टिम घोषणा कार्यक्रममा उनले वाचापत्र सार्वजनिक गर्दै जिवन्त, जिम्मेवार र जोशिलो निजी क्षेत्रको लागि आफुले उम्मेदवारी दिएको उनले बताए । घोषणा कार्यक्रमा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठले स्थानीय उत्पादनहरुको प्रवद्र्धन गर्दै औद्योगिक विकासमा अगाडि बढनुपर्ने बताए । नेपाल जस्तो मुलुकमा कुनै पनि व्यवसाय टिकाउनको लागि व्यवसाय विस्तार गर्न जरुरी भएको भन्दै श्रेष्ठले निजी क्षेत्रको नेतृत्वले साना र मझौला व्यवसायीको समस्यालाई समेत सम्बोधन गरेर सँगै अगाडि बढ्नुपर्ने बताए ।

महासंघलाई नयाँ उचाईमा पुर्याउन र संस्थाको व्यवसायीक क्षमता अभिवृद्धिका साथै संस्थागत प्रभावकारीता बढाउन आफ्नो वाचापत्रलाई आधार मानेर काम गर्ने उनले स्पष्ट पारे । आफ्नो टिमले सहभावना र सहकार्यको मुल आधारलाई लिएर अगाडि बढ्ने र हरेक उद्योग व्यवसायीलाई महासंघमा पहिचान दिलाउने प्रतिबद्धता उनले जाहेर गरे । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको समूहबाट जिल्ला नगरतर्फका उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत तर्फका उम्मेदवारतर्फ मनिष लाल प्रधानले आफ्नो उम्मेदवारी घोषणा गरे ।

अन्जन श्रेष्ठ समूहसँग सहकार्य गर्दै एसोसिएट्सतर्फ उपाध्यक्ष पदमा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका भरतराज आचार्यले सामूहिकतामा विश्वास गर्ने हुँदा सोहिअनुसार सहकार्य गरिएको बताए । यस्तैगरी समूहको तर्फबाट वस्तुगत समूह तथा जिल्ला नगरतर्फका प्यानल सदस्यहरुले समेत आफ्नो उम्मेदवारी औपचारिकरुपमा घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL