Logo

होलीदेखि अन्नपूर्ण केबलकारका यात्रुलाई छुट, दुईतर्फी भाडा ४ सय मात्रै

होलीदेखि अन्नपूर्ण केबलकारका यात्रुलाई छुट, दुईतर्फी भाडा ४ सय मात्रै



काठमाडौं । अन्नपूर्ण केबलकारले होलीको अवसर पारेर सोमबारदेखि भारी छुटको घोषणा गरेको छ । यो योजना होलीको दिनदेखि पोखरा घुम्ने नेपाली पर्यटकका लागि ल्याइएको केबलकारले जनाएको हो ।

laxmi

पोखराको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कम्पनीले यस्तो व्यवस्था गरेको जनाएको छ । यसअघि कायम गरिएको दररेटमा ५० प्रतिशतसम्म छुट प्रदान गरिएको अन्नपूर्ण केबलकारका प्रशासन प्रमुख दामोदर तिमिल्सिनाले जनाएका छन् ।

कम्पनीका अनुसार बिहान ५ देखि साढे ७ बजेसम्म सराङकोटबाट सूर्योदय अवलोकनका लागि जान चाहने पर्यटकले दुईतर्फी भाडा ४ सय मात्रै तिरे पुग्छ । यसअघि सो समयमा ७ सय रुपैयाँ भाडा रहेको थियो । त्यसमा भारी छुट प्रदान गर्दै पर्यटकलाई सहजता प्रदान गर्न लागिएको कम्पनीले जनाएको छ । त्यसमा पनि अपाङ्गता भएका व्यक्तिलाई लक्षित गर्दै दुईतर्फी भाडा ३५० मात्रै कायम गरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै विद्यार्थी र बालबालिकालाई पनि छुट प्रदान गरिएको छ । विद्यार्थी र बालबालिकाका लागि बिहान ५ बजेदेखि साढे ७ बजेसम्म दुईतर्फी ४ सय र एकतर्फी यात्राका लागि २ सय रुपैयाँ शुल्क तय गरिएको छ ।

साढे ७ देखि ८ बजेसम्मको समय ‘ब्रेक’ राखिएको छ भने बिहान ८ बजेदेखि साढे १ बजेसम्मका लागि भने पहिलेकै भाडा दर तय गरिएको छ । जसमा यो समयमा यात्रा गर्ने अपाङ्गता, बालबालिका र विद्यार्थीबाहेकलाई दुईतर्फी भाडा ७ सय मात्रै कायम गरिएको छ ।

पर्यटकीय नगरी पोखराको सेदीबगरदेखि सराङकोटसम्म केबलकारमा यात्रा गर्न सकिन्छ । केबलकारले सूर्योदर्शन सेवा तथा सूर्यास्तको अवलोकनका लागि यो सेवा प्रदान गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL