Logo

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा, दुई वा सोभन्दा बढी पावर सेट गर्न सकिने

हिम इलेक्ट्रोनिक्सका हिटरहरू बजारमा, दुई वा सोभन्दा बढी पावर सेट गर्न सकिने



काठमाडौं । हिउँद लागेसँगै देशमा चिसो दिनानुदिन बढिरहेको छ । नेपाली ग्राहकहरू माझ विगत ३४ वर्षदेखि आफ्नो न्यानो छाप छोड्न सफल गोल्छा ग्रुपको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले हरेक वर्ष जस्तै यो वर्ष पनि हिटरहरू बजारमा ल्याएको छ ।

हिमस्टारका विद्युतीय हिटरहरू सानो भएकाले प्रयोग गर्न सजिलो र छरितो हुनुका साथै स्तरीय रहेको कम्पनीको भनाइ छ ।

‘यी हिटरहरूमा गुणस्तरीय हिटिङ प्रणाली प्रयोग गरिएको हुँदा तुरुन्तै तातिन्छ र यसमा दुई वा सो भन्दा बढी पावर सेट पनि गर्न सकिन्छ’, कम्पनीले भनेको छ । हिमस्टारका हिटरहरूको मूल्य २,३९० देखि रु४,०४० रुपैयाँसम्म पर्ने जनाइएको छ ।

विगत कयौँ वर्षदेखि विश्वसनीय कम्पनीको रूपमा स्थापित हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूका लागि उत्पादनदेखि विक्रीपछिको सेवासम्म निरन्तर सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL