Logo

अर्थमन्त्री पछि राष्ट्र बैंकप्रतिको गुनासो लिएर प्रधानमन्त्रीकहाँ पुग्यो महासंघ, समस्या समाधानमा पहल गरिदिने आश्वासन

अर्थमन्त्री पछि राष्ट्र बैंकप्रतिको गुनासो लिएर प्रधानमन्त्रीकहाँ पुग्यो महासंघ, समस्या समाधानमा पहल गरिदिने आश्वासन



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गरिदन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघ टोलीले बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेर अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरिदिन आग्रह गरेको हो ।

यसअघि महासंघले अर्थमन्त्री लगायत शीर्ष नेताहरूसँगको भेटवार्तामा प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको भन्दै समस्या समाधानमा सहयोग र समन्वय गरिदिन आग्रह गरेको थियो । तर पछिल्लो समय महासंघले धेरै निकायलाइ भेट्दा पनि समस्या समाधान नभएपछि अन्तत प्रधानमन्त्री नै गुहार्न पुगेको छ ।

साथै भेटमा अध्यक्ष गोल्छाले अर्थतन्त्रको संवेदनशीलता बुुझिदिन प्रधानमन्त्री लगायत सम्बद्ध पक्षलाइ आग्रह गरेका छन् । राजस्वले साधारण खर्च समेत धान्न नसक्ने अवस्था आएको भन्दै मुल्यवृद्धि सात बर्षयताकै उच्च रहेको र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रनै संकुचित हुदै गएकोतर्फ महासंघले ध्यानाकर्षण गराएको छ ।

महासंघ प्रतिनिमण्डलसँगको भेटमा प्रधानमन्त्री देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । साथै प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरि समाधान निकाल्ने बताए । साथै अर्थतन्त्रको विषयको विषयमा निजी क्षेत्र सहित सबैलाई बोलाएर समस्या समाधानमा आफुले नेतृत्व लिने प्रतिवद्धता समेत प्रधानमन्त्री देउवाले दिएका छन् ।

शीर्ष नेतृत्वहरूसंग भेटघाटको क्रममा महासंघ प्रतिनिधिमण्डलले यसअघि आइतबारमात्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) संग छुट्छुट्ै भेटगरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकाले जोगाउन आग्रह गरेको थियो ।

यस्तै शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको महासंघ प्रतिनिधिमण्डलले सोमबार अपरान्ह उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद वडुको पनि ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL