Logo

सीजी ब्राण्डको विश्वकप फुटबल लक्षित योजना, ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाइने

सीजी ब्राण्डको विश्वकप फुटबल लक्षित योजना, ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक पाइने



काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजी ब्राण्डले चलिरहेको फुटबल वल्र्डकप २०२२ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुको लागि विशेष योजना ल्याएको छ ।

विशेष फुटबलप्रेमी ग्राहकहरुका लागि उत्कृष्ट वल्र्डकप अनुभव लिनका लागि सीजीका उत्कृष्ट टेलिभिजनहरुमा ५० हजार ९ सय रुपैयाँसम्मको आकर्षक क्यासब्याक रहेको छ । यस अवसरमा यस विशेष योजनाको लाभ उठाई ग्राहकहरुले उचित मूल्यमा उत्कृष्ट फुटबल हेराईको आनन्द लिन सक्ने विश्वास कम्पनीले गरेको छ ।

नेपालको आप्mनै ब्राण्ड सीजीले नेपालकै एकमात्र गुगल–सर्टिफाइड टिभी बजारमा उपलब्ध गराउँदै आएको छ, जसमा ग्राहकहरुले विशिष्ट फुटबल हेराईको आनन्द लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

उत्कृष्ट पिक्चर क्वालिटी लगायत एन्ड्रोइड सिस्टमको सबै फिचरहरु सहित सीजीसँग फुटबल प्रेमीहरुहरु वल्र्डकपको पूर्ण मजा लिन सक्नेछन् । साथै, नयाँ ५० हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक योजनाले गर्दा उक्त टिभीहरुमा ग्राहकहरुको पहुँच झनै सरल र सहझ हुने कम्पनीको विश्वास छ ।

यस सिजी ब्राण्डका टिभीहरु २४ इन्चदेखि ७५ इन्चमा उपलब्ध छन्, जसमा उत्कृष्ट स्मार्ट टेक्नोलोजीका टिभीहरुका साथै एन्ड्रोइड टिभीहरु सहितका नेपालकै एकमात्र गुगल सर्टिफइड टिभी उपलब्ध छन् । हरेक सीजी टिभीहरुमा ३ वर्षको वारेन्टीका साथै अन्य विभिन्न अत्याधुनिक फिचरहरु पनि रहेका छन् ।

यसमा फाइभजी नेटवर्कको क्षमता लगायत डल्बी अडियोको उत्कृष्ट साउन्ड सिस्टम रहेको छ । उत्कृष्ट, इमर्सिभ टिभी हेराइको अनुभव प्रदान गर्नको लागि मोसन इस्टिमेट एण्ड मोसन कम्पानसेसन (एमइएमसी) फिचर पनि रहेको छ भने टुवे ब्लुटथ फिचरका साथ २ वटा फरक फरक ब्लुटुथ डिभाइस कनेक्ट गर्न सकिने क्षमता पनि उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL