Logo

शाओमी वर्ल्डकप अफर : मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर

शाओमी वर्ल्डकप अफर : मीको ७५ इन्चको टिभी जित्ने गोल–डेन अवसर



काठमाडौं । नेपालको अग्रणी स्मार्टफोन र टिभी कम्पनी शाओमीले वल्र्डकप २०२२ लाई लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि आकर्षक अफर ल्याएको छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा ७५ इन्चको मी क्यु एलइडी टेलिभिजन जित्ने गोल–डेन अवसर प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । ‘फिफा वल्र्डकप समस्त फुटबल प्रेमीहरुको लागि एकदमै प्रतिक्षित समय हो । वल्र्डकप हेर्नकै लागि भनेर नयाँँ टेलिभिजन किन्ने समय कुरेर बस्ने ग्राहकहरु धेरै हुन्छन् ।

यही कुरालाई मध्यनजर गरेर हामीले हाम्रा मी ग्राहकहरुको लागि गोल–डेन अफर ल्याएका छौँ । उहाँँहरुको मी अथवा रेडमी टेलिभिजन खरिद गर्ने गोल–डेन रहरलाई अझै रोमाञ्चक बनाउन पाउँदा हामी पनि धेरै उत्साहित छौं, शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले भने ।

यस अफर अन्तर्गत कुनै पनि मी अथवा रेडमी टेलिभिजन खरिद गर्दा एक जना भाग्यशाली ग्राहकले २ लाख ९९ हजार ९९९ रुपैयाँ मूल्य बराबरको ७५ इन्चको मी क्युएलइडी टेलिभिजन जित्ने मौका पाउनेछन् । त्यस्तै, अन्य ग्राहकहरुले दैनिक रुपमा ४५ हजार ९९९ रुपैयाँ बराबरको एयर प्युरिफायर ३, स्मार्ट एयर फ्रायर, एयर कम्प्रेसर, बियर्ड ट्रिमर र ईलेक्ट्रिक टुथब्रश पनि जित्न सक्नेछन् । लक्की ड्रमा सहभागी हुनको लागि टिभीमा भएको कोड स्क्यान गर्नुपर्ने अथवा टिभीको सिरियल नम्बर ३१००७ मा पनि एसएमएस गर्नुपर्ने कम्पनीले जानकारी दिएको । यो अफर मंसिर ४ गतेदेखि पुस ३ गतेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL