Logo

५० एमपी क्यामेरा भएको सामसङको मिडरेन्ज A04 लन्च हुँदै

५० एमपी क्यामेरा भएको सामसङको मिडरेन्ज A04 लन्च हुँदै



काठमाडौं । नयाँ र रोमाञ्चक सम्झनाहरु बनाउन सुरु गर्नका लागि सामसङले नयाँ पुस्ताका प्रयोगकर्ताहरुका लागि सुलभ मूल्यमा उत्कृष्ट स्मार्टफोन ल्याएको छ ।

फ्ल्यागशिप फोनदेखि इन्ट्री लेभलका उत्पादनसम्मका सबै फोनहरुमा सधैं आफ्ना ग्रहकहरुको लागि केही नयाँ आर्कषक फिचर्स लिएर आउने गरेको सामसङले एजिरोफोर स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

यो वर्ष सामङले आफ्नो मिड रेन्ज र फ्ल्यागशिप फोनहरु सार्वजनिक गरेसँगै अब चाँडै नै नेपाली बजारमा नयाँ ग्यालेक्सी एजिरोफोर ल्याउने तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ । यो नयाँ सामसङ ग्यालेक्सी A04 चाँढै नै नेपाली बजारमा प्रवेश हुने कम्पनीको भनाई छ ।

यसको मुख्य आकर्षण यसको ५० एमपी क्यामरा रहेको छ, जसले यसलाई नयाँ युवा पुस्ताका लागि एक उत्तम फोनको रुममा प्रस्तुत गर्नेछ । युवा प्रयोगकर्ताहरुलाई यसले आफ्ना बहुमूल्य र उत्कृष्ट पलहरु हाइ क्वालिटीमा क्याप्चर गर्न दिनेछ । यसको अर्को विषेशता भनेको यसको मुल्य दायरा रहनेछ ।

सामसङले हरेक मूल्य दायरामा केही उत्कृष्ट उत्पादनहरु ल्याउँदै आएको छ र यस नयाँ ग्यालेक्सी एजिरोफोर स्मार्टफोन पनि सामसङ लाइनअपको एक उत्कृष्ट फोनको रुपमा चिनिने छ भन्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL