Logo

आइएमई दसैँ अफरको चौथो हप्ताको नतिजा घोषणा, महतो र गुरुङ साप्ताहिक विजेता छनोट

आइएमई दसैँ अफरको चौथो हप्ताको नतिजा घोषणा, महतो र गुरुङ साप्ताहिक विजेता छनोट



काठमाडौं । आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत चौथो हप्ताका विजेता सार्वजनिक गरेको छ ।

विहीबार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार कुवेत र संयुक्त अरव इमिरेट्सबाट आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरू क्रमशः वीरेन महतो र राजकुमार गुरुङ चौथो हप्ताका लागि साप्ताहिक विजेता छनोट भएका छन् । विजेताद्वयले जनही रू २५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै सेवाग्राहीहरू सिर्जना राई, आरती शाह, राजकुमार कुशवार, शुकबहादुर राई, बेगम विक, मनोजकुमार ताजपुरिया र राजनारायण महतो दैनिक विजेता छनोट भएका छन् । उनीहरुले प्रत्येकले एक-एक सेट सामसुङ् मोबाइल उपहार स्वरूप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL