GBIME

रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सहकार्य


बिजखबर संवाददाता
15 September, 2022 10:44 am

reliance life

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स र बाँकेको जानकी गाउँपालिकाबीच बालजीवन बीमा योजनाको लागि सम्झौता भएको छ ।

NABIL
lAXMI_BANK

सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक रु ५,००० बीमा शूल्क बराबर हुन आउने बीमाङ्क रकम बरावरको २० बर्ष अवधिको मेरो मुटु बाल जीवन बिमा योजना लागू हुनेछ ।

बीमा सम्बन्धी सम्झौता पत्रमा जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट क्षेत्रीय प्रबन्धक दिपक कुमार ओलीले हस्ताक्षर गरे ।

उक्त सम्झौतामा जानकी गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष छब्बन खाँ र लेखा अधिकृत मतिन अहमद अन्सारी एवं रिलायन्स लाइफ इन्स्योरेन्सको तर्फबाट नेपालगञ्ज शाखाका शाखा प्रमुख कृष्ण बहादुर हमाल र सिनियर एजेन्सी मेनेजर सुनिल घिमिरेका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL