Logo

हुन्डाई नेपालको ‘Be (v) the Change’ अभियान, पचली भैरवमा सरसफाई

हुन्डाई नेपालको ‘Be (v) the Change’ अभियान, पचली भैरवमा सरसफाई



काठमाडौं । हुन्डाई नेपालले ‘Be (v) the Change’ अभियान अन्तर्गत टेकुस्थित पचली भैरव मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पुरातात्विक र धार्मिक महत्व बोकेको मन्दिर परिसरसँगै महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरिएको थियो।

laxmi

हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो। कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा सरसफाईको सवालमा समुदायको आवश्यकतालाई हेरेर आयोजना गरिएको थियो।

हुन्डाई नेपालको ‘Be (v) the Change’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य-बद्धता गर्ने पहल स्वरूप ल्याइएको कार्यक्रम हो। अभियान अन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL