Logo

देशभरका १०५ औद्योगिक ग्रामको सूची प्रकाशित, यी हुन् औद्योगिक ग्राम रहने स्थान

देशभरका १०५ औद्योगिक ग्रामको सूची प्रकाशित, यी हुन् औद्योगिक ग्राम रहने स्थान



काठमाडौं । देशभरका १ सय ५ औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले आईतबार विभिन्न समयमा घोषणा भएका तर राजपत्रमा सूचना प्रकाशित नभएका औद्योगिक ग्रामहरुको सूचना राजपत्रमा प्रकाशित गरेको हो ।

२०७५ सालको बजेटमै स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सृजना गरेर अर्थतन्त्रमा योगदान गर्ने उद्देश्यसहित औद्योगिक ग्रामको घोषणा गरिएको थियो ।

उक्त ओद्योगिक ग्रामलाई संघीय सरकारले बढीमा ३ करोड रुपैयाँसम्म अनुदान उपलब्ध गराउने कार्यविधिमा उल्लेख छ । हालसम्म यस्ता १ सय ४ औद्योगिक ग्रामले अनुदान लिईसकेका छन् ।

यी हुन् राजपत्रमा प्रकाशित भएका देशभरका ओद्योगिक ग्राम

प्रतिक्रिया दिनुहोस्
MBL