Logo

आइएमईको २२ औँ वार्षिकोत्सव, रेमिटेन्स सचेतनाका लागि प्रभातफेरी

आइएमईको २२ औँ वार्षिकोत्सव, रेमिटेन्स सचेतनाका लागि प्रभातफेरी



काठमाडौं । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिवार विहान प्रभातफेरी (वाकथन) कार्यक्रमको आयोजना गर्यो ।

laxmi

केन्द्रीय कार्यालय पानीपोखारीबाट शुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सव मनाउने सन्दर्भमा रेमिटेन्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धि नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो । हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ ।

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL