GBIME

बिराटनगरमा डिशहोम फाईबरनेटका सोरूम उद्घाटन, बिक्री र बिक्रीपछिको सेवा उपलब्ध


बिजखबर संवाददाता
31 May, 2022 10:03 am

dishhome-fibernett

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–वितरण सोरुमको शुभारम्भ गरेको छ ।

NLIC
Lamxi_bank

जेष्ठ १५ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन ग्लोबल पावर पोइन्टले गर्नेछ । सोरुम समुद्घाटनमा डिशहोमका तर्फबाट पुर्वी क्षेत्रिय सेल्स म्यानेजर बिपिन्द्र न्यौपाने र सेल्स अफिसर शिब निरौलाको उपस्थिति रहेको थियो भने डिलरका तर्फबाट अमिताभ महेश्वरीको लगाएत बिराटनगर महानगरपालिकाका डिलर दाईहरुको उपस्थिती रहेको थियो ।

विगत लामो समय देखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकहरुमाझ पुर्याउँदै आएका ग्लोबल पावर पोइन्टले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

२ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेका ग्लोबल पावर पोइन्टले अब अझ बढी ग्राहकहरुको माझ पुग्नको लागि पनि यस नयाँ सोरुमले मदत गर्ने ग्लोबल पावर पोइन्टका सञ्चालक सुबास रिजालले जानकारी दिए । नेपालभर २१७ शाखाहरु, १७९ एटिएम साथै ४७ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL