Logo

सगरमाथा इन्स्योरेन्सको व्यवसायमा उच्च वृद्धि, २ अर्ब ६१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन

सगरमाथा इन्स्योरेन्सको व्यवसायमा उच्च वृद्धि, २ अर्ब ६१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले इन्स्योरेन्सको लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीहरुले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर समायोजनार्थ १.०५२६३ प्रतिशत नगद लाभांश पाउने छन् ।

laxmi

कम्पनीले आर्थिक वर्ष २०७६-७७ को तुलनामा आर्थिक वर्ष २०७७-७८ मा १६.०५ प्रतिशतले व्यवसाय वद्धि गर्दै २ अर्ब ६१ करोड रुपैयाँ बराबर बीमाशुल्क आर्जन गरेको छ । एनएफआरएस अनुसार ४४ करोड ७४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७७-७८ को तुलनामा चालु आर्थिक वर्ष २०७८-०७९ को चैत मसान्तसम्ममा १०.८६ प्रतिशतले कूल दावी भुक्तानी भएको सीईओ चंकी क्षेत्रीले बताए । जुन रकमका आधारमा १ अर्ब १६ करोड रुपैयाँ हो ।

त्यसैगरी, सो अवधिमा कम्पनीको व्यवसाय २१.९७ प्रतिशतले वृद्धि भई २ अर्ब ४३ करोड रुपैयाँ आर्जन गरेको छ ।साथै, सभाले कम्पनीको वार्षिक प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाव र सोसंग सम्बन्धित सम्पूर्ण अनुसूचीहरु पारित गरेको छ । अध्यक्ष रामकृष्ण मानन्धरको अध्यक्षतामा भएको उक्त सभा चैत २८ गते काठमाडौंको लैनचौरस्थित निचौर व्यांकेटमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL