Logo

नेपाल लाइफ इन्स्योरेन्सको आइइन्स्योर जीवन बीमा योजना, न्यून लगानीमा अधिकतम जोखिम बहन

नेपाल लाइफ इन्स्योरेन्सको आइइन्स्योर जीवन बीमा योजना, न्यून लगानीमा अधिकतम जोखिम बहन



काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पु¥याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो ।

प्रत्येक ब्यक्तिले आफु रहँदा पनि र आफु पछि पनि आफ्नो परिवारको उज्जवल भविश्यको परीकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ, कुनै पनि समयमा घट्न सक्ने अकल्पनिय घटनाले पारिवारीक जीवनशैलीलाई नै परिवर्तन गर्छ । सबै ब्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ । 

न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्र्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम एक लाख देखि अधिकतम बीमाङ्क रकम एक करोड सम्मको बीमा गर्न सकिने छ । 

जस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिक ५ हजार दुई सय ६ रुपैया बीमा शुल्क मात्र लाग्ने छ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिक ५८ हजार ३ सय दस रुपैया बीमा शुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा  ७ लाख ३२ हजार एक सय पाँच बीमा शुल्क मात्र लाग्ने छ ।
    
यस योजनामा बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १% छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ % थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ % थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाख सम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने२५ लाख भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १% छुटको व्यवस्था गरिएको छ । 

यस योजनामा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन । त्यस्तै १८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम एक करोड सम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।

यस योजनमा बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात सम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक)  बीमितलाई फिर्ता दिइने छ ।
मृत्यु दावि भुक्तानिमा बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतको बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL