Logo

सर्वाेत्तम सिमेन्ट र स्टीलका ठेकेदारहरुको दुर्घटना बीमा, हरेक ठेकेदारलाई ७ लाखको सुविधा

सर्वाेत्तम सिमेन्ट र स्टीलका ठेकेदारहरुको दुर्घटना बीमा, हरेक ठेकेदारलाई ७ लाखको सुविधा



काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम समेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टील लिमिटेडले आप्mना ठेकेदारलाई लक्षित गर्दै दुर्घटना बीमा गरिदिएको छ । कम्पनीले प्राविधिक भेटघाट कार्यक्रम गरी ‘सर्वाेत्तमको न्यानो सौगात नामक योजनाको अन्तरगत उक्त बीमा गरिदिएको हो ।

कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले कम्पनीको साईटमा गएर रजिष्टर गराए बापत सर्वाेत्तम स्टील र सर्वोत्तम सिमेन्टको तर्पmबाट ट्रयाक–सुट उपहार तथा कुनैपनि किसिमका दुर्घटना भएमा ७ लाखको रुपैयाँको बीमा सुविधा पाउनेछन् । हाललाई काठमाडौं, ललितपुर र भक्तपुरका १ हजार ठेकेदारहरुका लाागि बीमा सुविधा प्रदान गराउने लक्ष्य कम्पनीले लिएको जानकारी दिएको छ । यसरी आप्mनो साइट रजिष्टर गराई योजनाको फाइदा लिन ठेकेदारले ९८०२३२०६०१ मा सम्पर्क गर्न सक्नेछन् ।

यसका साथै, सोही कार्यक्रममा कम्पनीका प्रोजेक्ट हेड ई. अभिषेक झा द्वारा घर बनाउँदा सिमेन्ट र डण्डीको प्रयोग प्राविधिक रुपमा कसरी गर्दा भुकम्प प्रतिरोधात्मक हुन्छ र सिमेन्टको प्रयोग प्राविधक रुपमा उपयुक्त तरिकाले कसरी गर्दा सिमेन्टको खपत पनि कम हुन जान्छ भन्ने बारेमा जानकारी तथा तालिम समेत प्रदान गराइएको थियो । सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो ।

हाल कम्पनीले आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३ ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गर्दै आएको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसैगरी, सर्वाेत्तम स्टीलले एफ ५०० फलामे डण्डी उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL