Logo

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा, नेपालमा शाओमीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा, नेपालमा शाओमीको स्टोर संख्या दोब्बर पार्ने लक्ष्य



काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पौष २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँ बसपार्कको बिजि मलमा पनि आफ्नो नयाँ स्टोर खोलेको हो । 

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरि नयाँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ । शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले नयाँ स्टोरहरु खुले पछि ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुने र सँग–सँगै सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुने बताएका छन्  । नयाँ स्टोरहरुमा आई नयाँ–नयाँ उत्पादनहरु ग्राहकहरुले मनपराउने पनि कोथारीले आशा लिएका छन्।

उक्त नयाँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप एमआइको ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुने विश्वास शाओमिले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL