Logo

यामाहा रेजेडआर १२५ एफआईद्वारा ‘माइलेज च्यालेन्ज’ र्‍याली, घिमिरे बनिन बिजेता

यामाहा रेजेडआर १२५ एफआईद्वारा ‘माइलेज च्यालेन्ज’ र्‍याली, घिमिरे बनिन बिजेता



काठमाडौं । रेजेड आर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । मंसिर १७ गते यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर लिटर ६१.४२ किलोमिटरका साथ पहिलो विजेता बनेकी थिइन ।

फेरी, उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली बुधवार सम्पन्न गरेको छ । महाराजगन्जदेखि बुढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्‍याली यामाहा शोरुम महाराजगन्जबाट सुरु भएको हो ।

सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, महाराजगन्जमा बिहान ९ बजे र्‍याली सुरु गर्न बिहान ८ बजे आइपुग्न भनिएको थियो । यस पटकको र्‍यालीको विजेता प्रति लिटर ७५.८९ किलोमिटरका साथ विज्ञान अधिकारी बनेका छन्। त्यसै गरी, प्रति लिटर ७४ केमीका साथ भिमबहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र संजिता महर्जन प्रति लिटर ७३.५ केमीका साथ तेस्रो भएकी छिन् ।

यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो । नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर–कूल्ड, फ्युल–इन्जेक्टेड, १२५ सिसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ ।

नेपालका अटो मोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् । तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजेज त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL