Logo

जावा मोटरसाइकलको डिलर दाङ र धनगढीमा विस्तार, सहज र सरल सेवा उपलब्ध

जावा मोटरसाइकलको डिलर दाङ र धनगढीमा विस्तार, सहज र सरल सेवा उपलब्ध



काठमाडौँ । नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइन्क प्रालिले आफ्नो दुई नयाँ डिलरहरु सञ्चालनमा ल्याएको छ । तुल्सिपुर रोड​, घोराही–१५, दाङमा जेबीएस अटोमोबाइल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालि सञ्चालनमा ल्याएको हो ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै शोरुम सञ्चालनमा ल्याएइएको हो । पूर्ण सुसज्जित शोरूमहरु स्थापना गरिएको हो ।

जेबीएस अटोमोबाइल्स र दिवा मोटर्स प्रालिको सञ्चालनसँगै आसपासका क्षेत्रका ग्राहकहरुले अब सहज र सरल तरिकाले सेवा लिन पाउने कम्पनीले जनाएको छ ।

यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुत गतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाइलिस जावा मोटरसाइकलले सञ्चालनमा ल्याएको यी दुई डिलरहरुबाट सम्पूर्ण सेवा पाइने पनि बताइएको छ ।

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सकिन्छ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो ।

प्रतिक्रिया दिनुहोस्
MBL