Logo

बजाजको एक्सचेञ्ज महामेला, ‘फाइदा मोर, टेन्सन नो मोर’

बजाजको एक्सचेञ्ज महामेला, ‘फाइदा मोर, टेन्सन नो मोर’



काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ शिर्षकका साथ ‘बजाज एक्सचेन्ज महा मेला’ अफरको ल्याएको छ । यो अफर असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौंको भृकुटी मण्डपमा लागु हुने छ ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा १८ भन्दा बढि भ्यालुयटरहरु रहेका छन् र कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुयसन भन्दा १० हजार रुपैँया थप गरि दिने छ ।

यसका अतिरिक्त, बजाज नेपालले ५०% डाउन पेमेन्ट मा ०% ब्याज, निःशुल्क एक्सेसरिज र निःशुल्क जाँच शिविर पनि प्रदान गरेको छ । एक भाग्यशाली विजेताले सामसङ एम सिरिज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन् ।

यस मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रदर्शन पनि सहभागि हुनेछ जसमा १७ असोजको दिन हास्य कलाकार सुमन कार्की, १९ असोजको दिन गायक प्रकाश सपुत, २१ असोजको दिन गायक प्रमोद खरेल र २३ असोजको दिन गायक शिव परियारको प्रदर्शन रहने बजाजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL