Logo

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाको आकर्षक अफर

भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाको आकर्षक अफर



काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले विजया दशमीको अवसरमा आफ्ना ग्राहकहरुका लागि आकर्षक अफर लिएर आएको छ ।

laxmi

यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकहरुले १ जीबी डाटा प्याक १० दिनका लागि र १ जना लक्की बिजेताले लक्की ड्रमार्फत् १ सामसुङ ग्यालेक्सी फ्लीप ३ पाउनेछन् । यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू हुनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रूत, सरल तथा सुरक्षित सेवा हो । सेलपेबाट वास्तविक समयमा भुक्तानी, सरल र सुरक्षित, बैंक खाताका साथै वालेट बाट पनि कारोबार गर्न सकिने सेलपेले जनाएको छ ।

सेलपेले विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईन्टरनेटको महशुल भुक्तानी, ईन्स्योरेन्सको भुक्तानी, शेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५० लाख मर्चेन्टहरूमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटूपी, पीटूबी, बीटूपी, बीटूबी आदि वास्तविक समयमा गर्न सकिने सेलपेले जनाएको छ ।‍

प्रतिक्रिया दिनुहोस्
MBL