Logo

नेपालीको खुशी ‘डबलको डबल, डबलको डबल’ बनाउँदैं आइएमई

नेपालीको खुशी ‘डबलको डबल, डबलको डबल’ बनाउँदैं आइएमई



काठमाडौं । वैदेशिक रोजगारीमा जाने अधिकांश नेपालीको सपना आफ्नो परिवारको खुशी पूरा गर्ने हो । त्यही परिवारको खुशी पूरा गर्ने सपनाका लागि लाखौं नेपालीले हरेक वर्ष परिवारका लागि विदेशबाट खर्बौ रुपैयाँ नेपाल पठाउँछन् । बिदेशमा पसिनासँग साटिएको पैसाले नेपालमा रहेका बाबु–आमा, दिदिबहिनी, दाजुभाई, श्रीमती, छोराछोरीको खाना, नानादेखि छानासम्मको आवश्कता पूरा गर्छ । वर्षौदेखि खाडीदेखि मलेसियासम्म नेपाली दाजुभाई दिदिबहिनी रोजगारी गरिरहेका छन् । उनीहरुको एउटै सपना आफुले कमाएको रकम सुरक्षित रुपमा परिवारको हातमा पुगोस भन्ने हुन्छ ।

बिदेशमा रहेका नेपालीहरुले कमाएको रकम सुरक्षित रुपमा छिटो नेपालमा रहेका परिवारको हातमा पुर्याउन आइएमई विगत २१ वर्षदेखि निरन्तर सक्रिय छ । बिदेशमा कमाएको रकम संस्थागत रुपमा नेपाल भित्र्याउने नेपालकै पहिलो माध्यमका रुपमा स्थापित भएको आइएमईले परिवारको सपना पूरा गर्न बिदेशमा खटिइरहेका नेपालीको सपनामा सधै आफुलाई सहयात्रीको रुपमा उभ्याइरहेको छ । आइएमई अहिले धेरै नेपालीका लागि बिदेशबाट पैसा नेपाल ल्याउने एउटा माध्यममात्र भन्दा पनि एउटा लामो सम्बन्ध र विश्वासको प्रतिकका रुपमा खडा भएको छ । स्वदेशदेखि विदेशसम्म रहेका नेपालीहरुबीचको यही सम्बन्ध, विश्वास र मायालाई आइएमईले सधै साझेदारी गर्दै अगाडि बढिरहेको छ ।
आइएमई स्थापनायतादेखि नै आइएमईले हरेक वर्ष र अवसरहरुमा आफ्ना सेवाग्राही र व्यवसायिक साझेदारहरुसँग दुःख सुख सँगसँगै बाँडेको छ । आइएमई आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व रहँदै आएको छ । कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षको यात्रामा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूभागमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

हरेक वर्ष विशेष अफर

रेमिटान्सको पर्यायका रुपमा स्थापित भएको आइएमईले हरेक वर्ष विशेष अवसरहरुमा आफ्ना सेवाग्राही तथा व्यवसायिक साझेदारहरुका लागि विशेष अफरहरु सार्वजनिक गर्दै आएको छ । स्थापनायता हरेक वर्ष निरन्तर हुँदै आएका यस्ता कार्यक्रमहरुबाट धेरै सेवाग्राही र व्यवसायिक साझेदारहरु लाभान्वित भएका छन् । विदेशमा बसेर थोरै रकम आर्जन गरिरहेका नेपालीहरुका लागि आफ्नो सपना पूरा गर्ने अवसरका रुपमा आइएमईले ल्याएका अफर र योजनाहरु विशेष बन्दै आएका छन् । उदाहरणको रुपमा आइएमईले पर्व लक्षित गरी ल्याएको दशैँमा डबलको डबलको डबल अफरमा विस २०७६ को बम्पर विजेता खत्वे विरेन्द्र खाङ्ग बनेका थिए । जसले मलेसियाबाट ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएका थिए । बम्पर बिजेता बनेका उनले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ(८) गुणा ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ रकम प्राप्त गरेका थिए । यसले पनि यस्तो अफर कार्यक्रमको महत्व झल्किन्छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसद ढकाल आइएमईले विदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैंकिङ सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको बताउँछन् । उनले यस्ता पर्व लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुग्ने बताउँछन् । यस्ता योजनाले सेवाग्राही तथा कम्पनीबीचको सम्बन्धलाई थप मजबुत बनाउने बताउँदै आगामी दिनमा पनि यस्ता योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गर्छन । रेमिटान्सको आप्रवाह घट्नासाथ धेरै आर्थिक क्रियाकलाप खुम्चिने भन्दै विदेशबाट आउने रेमिटान्सलाई औपचारिक संचालबाट भित्र्याउन र नेपाल आइसकेको रेमिटान्सलार्ई उत्पादनशील क्षेत्रमा आकर्षित गर्न सकेमा देशभित्रै रोजगारीका सम्भावना उजागर हुने औंल्याउँछन् ।

यो वर्ष पनि निरन्तर

यस वर्ष पनि आइएमईले पर्व लक्षित दशैँमा ‘डबलको डबलको डबल अफर’ सार्वजनिक गरेको छ । यो अफरको अवधि असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म रहनेछ । कुल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफरमा विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था छ ।

आइएमई ग्रुपका वरिष्ठ सूचना अधिकारी राजु पौडेल यसपटकको ‘डबलको डबलको डबल अफर’ विस २०७६ सालको भाग २ को रुपमा ल्याइएको बताउँछन् । ‘तत्कालीन समयमा आइएमईका सेवाग्राहीहरुले देखाएको उत्साहलाई हेरेर यो वर्ष फेरि ‘डबलको डबलको डबल अफर’ ल्याएका हौं । अघिल्लो वर्ष कोरोना महामारीका कारण हामी कोरोना पीडितहरुका लागि आइएमई भरोस कोष सञ्चालन गरेका थियौं । जसको सर्वत्र प्रशंशा पनि भएको थियो । तर, यस वर्ष कोरोना संक्रमण कम भएको र पर्वको उत्साहलाई थप उल्लासमय बनाउन यो अफर सार्वजनिक गरेका छौं ।’ पौडेल भन्छन ।

अफर किन ?

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले आइएमईप्रति आम सेवाग्राहीहरूले देखाउँदै आएको भरोसालाई आगामी दिनमा अझै सुदृढ तुल्याउन हरेक वर्षझै यो वर्ष पनि अफर सार्वजनिक गरेको बताँछन् । समयसमयमा ल्याइने यस्ता अफरहरू कम्पनी र सेवाग्राहीवीचको सम्बन्धलाई अझै मजबुत बनाउन फलदायी हुने विश्वास पोखरेलको छ । पोखरेल हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढने बताउँछन् । आइएमईका महाप्रवन्धकद्वय खिलेन्द्र पौडेल र रूद्रराज पौडेल आइएमईले समयसमयमा प्रस्तुत गर्ने अफरहरू आम सेवाग्राहीहरूमा आइएमईप्रतिको सदभाव, विश्वास र सम्बन्धको निरन्तरता भएएको बताउँछन् ।

आइएमईका वरिष्ठ सूचना अधिकारी पौडेल अहिलेको अफर कार्यक्रमलाई आइएमईको सेवाग्राहीप्रतिको मायाको निरन्तरता रहेको बताउँछन् । पौडेलका अनुसार आइएमईलाई अहिलेको अवस्थामा पुर्याउन सेवाग्राही र व्यवसायिक साझेदारहरुले जसरी साथ र सहयोग दिएका छन् । त्यसो प्रतिफल सेवाग्राहीलाई पनि बाँडने यो महत्वपूर्ण अवसर हो । चाडपर्वको समयमा त्यसको महत्व थप रहने भएकाले हरेक वर्ष पर्वको अवसरमा अफर सार्वजनिक गरिने पौडेल बताउँछन् । आइएमई र आइएमईका सेवाग्राहीहरूवीचको प्रगाढ सम्बन्धले नै आइएमईलाई एक सफल व्यवसायीक ब्राण्ड बनाएकोले आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल स्कीमले थप प्रगाढ बनाउने आशा आइएमईको छ ।

के छ मापदण्ड ?

अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने बताइएको छ । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउँदैनन् । सेवाग्राहीहरुले आइएमईको जुनसुकै एजेन्ट संजालमार्फत रेमिटान्स कारोबार गरेको भौचरको सक्कलप्रती योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने र योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुने बताइएको छ । योजनाको अध्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल पेज, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ ।

भरोसा कोषले जितेको मन

हरेक वर्ष पर्व अफरका रुपमा सेवाग्राहीमुखि तथा व्यवसायिक साझेदारमुखि अफर सार्वजनिक गर्ने निरन्तरताका बीच २०७७ मा भने आइएमई कोरोना संक्रमणको महामारीले आहत भएका नेपालीहरुमाझ प्रस्तुत भयो । आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गर्दै आइएमईले शुरु गरेको अभियान सबैका लागि उदाहरणीय बनेको थियो । कोरोना महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमईले ‘भरोसा कोष’ स्थापना गरेको थियो ।

कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिएको थियो । कोषमार्फत देशभरका सातै प्रदेशबाट १०८ परिवारले प्रतिपरिवार ५६ हजार रुपैयाँ प्राप्त गरेका थिए । आइएमईका अनुसार कोभिड–१९ का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठूलो पीडा थपिएको महसुस गरि त्यो पीडामा केहि सहयोग गर्न सकिन्छ कि भन्ने सोचका साथ भरोसा कोषको स्थापना गरिएको थियो । निजी क्षेत्रबाट स्थापित कोषमार्फत प्रभावित परिवारलाई केही न केही सहयोग पुर्याउने उद्देश्यमा आइएमई सफल बनेको थियो भने दुखको बेलामा साथ दिने आइएमईको परम्परा रहेकोमा यस्तो परोपकारी कार्यले संस्थालाई झनै मजबुत बनाएको थियो । परिवारको लालनपालनका लागि विदेश गएका सदस्य गुमाउनु पर्दा बाँच्नेलाई जुन पीडा हुन्छ त्यो पीडा बुझेर आइएमईले स्थापना गरेको भरोसा कोष आफैंमा महत्वपूर्ण र समग्र निजी क्षेत्रका लागि अनुकरणीय परोपकारी कार्यका रुपमा रहेको थियो ।

आइएमईको अफर सेवाग्राहीसँगको सम्बन्ध र विश्वास हो

राजु पौडेल
वरिष्ठ सूचना अधिकारी
आइएमई ग्रुप

आइएमईको ‘डबलको डबल, डबलको डबल’ अफर कस्तो योजना हो ?

आइएमईको ‘डबलको डबल, डबलको डबल’ अफर विस २०७६ मा हामीले सार्वजनिक गरेको अफरकै निरन्तरता हो । विस २०७७ मा कोरोना संक्रमणका कारण हामीले भरोसा कोषमार्फत सामाजिक उत्ररदायित्व निर्वाह गर्यौं । जसका कारण हाम्रा लाखौं सेवाग्राहरुको आइएमईको ‘डबलको डबल, डबलको डबल’ अफरमा सहभागी हने चाहनालाई अघिल्लो वर्ष निरन्तरता दिन सकेनौं । यो वर्ष कोरोना संक्रमण कम भएको र चाडपर्वको माहौल पनि राम्रो भएकाले सेवाग्रहकिो चाहना बमोजिम नैे ‘डबलको डबल, डबलको डबल’ योजना सार्वजनिक गरेका छौं । यो अफरको अवधि असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म रहनेछ ।

कुल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफरमा विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा रु २०० थप बोनसको व्यवस्था छ ।

आइएमईले चाडपर्वमै किन नयाँ अफर सार्वजनिक गर्छ ?

आईएमईले आफ्नो स्थापनायता हरेक वर्ष चाडपर्वमा अफरहरु सार्वजनिक गर्ने गरेको छ । यसका विभिन्न पक्षहरु छन् । मुख्य कुरा त यस्ता अफर र योजना हाम्रा सेवाग्राहीहरुसँगको सदभाव र विश्वासको निरन्तरता हो । जसले हामी सेवाग्राहीहरुसँग जोडिन पाउँछौं । अर्को कुरा दुई दशक बढीको लामो यात्रामा सेवाग्राहीहरुले हामीप्रति दर्शाउनुभएको माया, विश्वास र सदभावलाई हाम्रोतर्फबाट फिर्ता गर्ने अवसर पनि हो । यस्ता अफरहरुबाट हरेक वर्ष वैदेशिक रोजगारीमा रहनुभएका केही सेवाग्राहीहरु र उहाँहरुका परिवारलाई थोरै भएपनि खुशीको अवसर जुटेको छ । यस्ता अफर र योजना किन चाडपर्वमै सार्वजनिक गरिन्छ भने यो समयमा विशेष उत्साह र उल्लास हुने गर्छ ।

यही समयमा बिदेशमा रहनुभएका प्रायः सबै नेपालीले नेपालमा रहेका परिवारले चाडपर्व राम्ररी माउन सकुन भन्ने हेतुले रकम पठाउँछन् । यस्तोमा आइएमईको अफरले हाम्रा सेवाग्रहीहरुलाई चाडपर्वको खुशीमा थप खुशी थप्ने अवसर प्रदान गर्ने गरेको छ । अर्को कुरा हामीले चाडपर्वबाहेक पनि हामीसँग जोडिनुभएका व्यवसायिक साझेदार र सेवाग्राहीहरुका लागि समय–समयमा विभिन्न अफर र योजना ल्याइरहेका हुन्छौं । तर, ती योजना अहिलेजस्तो धेरै व्यापक नहुने भएकाले चर्चामा नआएको मात्र हो । हामी निरन्तर हाम्रा व्यवसायिक साझेदार र सेवाग्राहीहरुको हितका लागि काम गरिरहन्छौं ।

सेवाग्राहीले पैसा पठाउन आइएमई नै किन रोज्ने ?

आइएमई एउटा ब्राण्डमात्रै नभएर विश्वास र सम्बन्धको निरन्तरता पनि हो । जसका कारण आइएमई सबैको रोजाई बनेको हो । नेपालमा संस्थागत रुपमा रेमिटान्स भित्र्याउन आइएमईले गरेको प्रयासले अहिले सार्थक रुप पाएको छ । अहिले देशमा विभिन्न कम्पनीले यस्तो काम गरिरहनुभएको छ । तर, आइएमईको सञ्जाल, विश्वास, पहुँच र सम्बन्धका कारण आइएमई सधै अग्रणी रहँदै आएको छ । यस्तै आइएमईले समयसँगै आफुलाई थप परिष्कृत गर्दै, प्रविधियुक्त बनाउँदै सहुलियत दरमा सेवाग्राहीको अपेक्षा अनुरुप सेवा प्रदान गरिरहेको छ । यसले पनि आइएमई सबैको रोजाई बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL