Logo

चेम्बरको प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन, सभापतिमा सन्तोष पाण्डे र सहसभापतिमा योगेस क्षेत्री चयन

चेम्बरको प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन, सभापतिमा सन्तोष पाण्डे र सहसभापतिमा योगेस क्षेत्री चयन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको प्रचार प्रसार तथा अतिथि सत्कार समिति गठन भएको छ । सोमबार अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य सन्ंतोष कुमार पाण्डेको सभापतित्वमा चेम्बर अन्तर्गत गठित प्रचार प्रसार तथा अतिथि सत्कार समितिका पदाधिकारी तथा सदस्यहरुलाइ मनोनयन पत्र प्रदान गरेका हुन् ।

laxmi

समितिकोे सह सभापतिमा योगेस क्षेत्री तथा सदस्यहरुमा क्रमश पकंज जलान, विपेन्द्र कार्की, राजेन्द्र थापा, रामराजा श्रेष्ठ, विज्ञान श्रेष्ठ, पशुपति देव पाण्डे, अनिल परियार, नवराज चालिसे, मोहन ओझा, सोना अमात्य, सुनिता वतास, रमिता राजभण्डारी, रमेश ढकाल मनोनित भएका छन् ।
उक्त अवसरमा अध्यक्ष मल्लले मुलुकको आर्थिक समृद्धि साझा लक्ष भएकोले चेम्वरको छाता मुनी वसी अर्थतन्त्रको बिकासको लागि योगदान दिनुपर्ने बताए । उनले व्यवसायीहरुको वास्तबिक मर्कालाइ सम्प्रेषण गर्न पनि आग्रह गरेका छन् ।

अध्यक्ष मल्लले मिडिया क्षेत्रमा लामो अनुभव हाशिल गरेका व्यक्तित्वहरुको प्रतिनिधित्व भएकोले नव मनोनित टीमबाट महत्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा राख्दै कार्यकालको सफलताको कामना गरे । समितिका सभापति सन्तोष कुमार पाण्डेले वर्तमान टीम नयाँ सोच लिएर गठन भएको बताए । उनले । नव गठित समितिले आगामी दिनहरुमा नया कार्यक्रमहरु ल्याउने बताएका छन् । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL