Logo

सीजीको फेस्टिभ अफरमा आकर्षक क्यासब्याक तथा उपहार, ५५ हजारसम्मको महाबचत

सीजीको फेस्टिभ अफरमा आकर्षक क्यासब्याक तथा उपहार, ५५ हजारसम्मको महाबचत



काठमाडौं । इलेक्ट्रोनिक ब्रान्ड सी.जी.ले दशैं र तिहारलाई लक्षित गर्दै ‘यो उत्सवमा घरलाई बनाऔं सी.जी. स्मार्ट होम’नामक योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गत सी.जी. ब्रान्डका कुनै पनि सामानको खरिदमा आकर्षक क्यास ब्याक तथा उपहारहरू प्राप्त गर्न सकिने छ । ५५ हजारसम्मको महा बचत समेत गर्न सकिने यस योजनामा प्रत्येक १५–१५ दिनमा लक्की ड्र मार्फत सी.जी.को आकर्षक डबल डोर रेफ्रिजेरेटर ५ जनालाई र बम्परमा ३ जोडीलाई २ रात, ३ दिनको मेघौली सेराईको प्याकेजसमेत जित्न सकिने सी.जी.ले जनाएको छ ।

योजना अन्तर्गत सि.जी.का कुनैपनि एल.ई.डी. टी.भी., रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, सोकेश, कुलर र भ्याकुमको खरिदमा आकर्षक क्यास ब्याकका साथै विभिन्न सामानहरूमा विभिन्न किसिमका वारेन्टीहरु समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

त्यस्तै सि.जी.को माईक्रोवेभ ओभनको खरिदमा २ हजार ८०० बराबरको कुकिङ किट तथा क्यास ब्याक, ए.सी.को खरिदमा ४ हजार बराबरको निःशुल्क जडान तथा क्यास ब्याक र सी.जी. डिसवासरको खरिदमा २ पाकेट डिसवासर ट्याब्लेट तथा क्यास ब्याक प्राप्त गर्न सकिने कम्प्नीले जनाएको छ ।

सी.जी.का सामानहरु खरिद गरेपश्चात ग्राहकहरुले आफुलाई लक्की ड्र तथा बम्परमा सहभागी गराउन सीजीएसएच टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको विल नं. लेखेर ३१००१ मा पठाउन पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL