Logo

निसान कम्पनीको विद्युतीय गाडी ‘निसान लिफ’ काठमाडौंमा, टेस्ट ड्राइभ सप्ताह आजबाट

निसान कम्पनीको विद्युतीय गाडी ‘निसान लिफ’ काठमाडौंमा, टेस्ट ड्राइभ सप्ताह आजबाट



काठमाडौं । जापानमा उत्पादित निसान कम्पनीको विद्युतीय गाडी ’निसान लिफ’ काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ ।

नेपालमा निसान तथा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता ‘पायोनियर मोटो कर्प’ ले निसान लिफको टेस्ट ड्राइभको लागि भदौ २८ गते देखि असोज ४ गते सम्म ‘निसान लिफ टेस्ट ड्राइभ सप्‍ताह’ संचालन गर्न गइरहेको जनाएको छ । यस सप्ताहमा इच्छुक ग्राहकहरुले टेस्ट ड्राइभ गरि विभिन्न उपहार जित्नुका साथै एक्सचेन्ज सुविधा, मुल्याङ्कन सुविधा तथा वित्त पोषण सुविधा पनि पाउने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

यो गाडीको विश्वभर १० वर्षभन्दा बढी परीक्षण भैसकेको कम्पनीको दावी छ । विश्वमा ५ लाख भन्दा बढी निसान लिफ बिक्री भैसकेको कम्पनीले जनाएको छ ।

निसान लिफ नेपालमा ११ आकर्षक रंगहरुमा उपलब्ध छ । यस गाडीको ४ ड्राइभिङ्ग मोड तथा विश्वस्तरिय सुरक्षा मापदण्डहरु ९ए।बी।यस , इ।बी।डी तथा बी।ए० ले गर्दा सुरक्षित रहेको तथा यो सुरक्षा मापदण्डले विश्वव्यापी रुपमा निसान लिफमा मृत्यु हुनेको संख्या शून्य रहेको कम्पनीले जानकारी दिएको छ ।

यस गाडीको ब्याट्रीमा कम्पनीले ८ बर्षको वारेन्टी प्रदान गरेको पनि जनाएको छ । कम्पनीले निसान लिफको नेपाली मूल्य ५९।९९ लाख तोकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL