Logo

भाइबरमा भाइबर लेन्स फिचर, स्वप्न सुमन र कोकाकोलाको लेन्सहरु समावेश

भाइबरमा भाइबर लेन्स फिचर, स्वप्न सुमन र कोकाकोलाको लेन्सहरु समावेश



काठमाडौं । भाइबरले नेपालमा रहेका आफ्ना सबै प्रयोगकर्ताहरूका निम्ति भाइबर लेन्स फिचर संचालन गरेको छ । भाइबरले आफ्नो मेसेजिङ प्लेटफर्ममा भाइबर लेन्सको सुरुवात गरेको हो । यो फिचर नेपाल, भियतनाम र फिलिपिन्स सहित एपीएसी क्षेत्रमा पहिलो पटक सुरुवात गरिएको हो ।

laxmi

भाइबरका २० विभिन्न लेन्सहरु समावेश छन् जसमा गायक तथा गीतकार स्वप्न सुमन र कोकाकोलाका लेन्सहरु समावेश गरिएका छन् । कम्पनीले कम्तिमा पनि २० ओटा लेन्सहरु हरेक महिना थप गर्दै लैजाने योजना रहेको घोषणा गरेको छ र व्यापारिक संस्थानहरूले भाइबरमा आफ्ना मौलिक लेन्सहरु समेत सिर्जना गर्ने अवसर प्राप्त गर्ने छन् । नेपालमा भाइबर लेन्सहरु आईओएसमा र एन्ड्रोइडमा उपलब्ध छन् । लोकल लेन्सहरु भाइबर भर्सन १६.० बाट शुरु हुने छ ।

भाइबर लेन्स फिचर स्न्याप आईएनसीको सहकार्य तथा स्न्यापको क्यामरा किट, क्रिएटिभ किट र अनुकुलन–योग्य बिटमोजीलाई भाइबर एपमा एकीकरण गरि तयार गरिएको छ । यस फिचरबाट प्रयोगकर्ताहरूले एआरद्वारा पावर गरिएको फोटो र भिडियो मेसेजहरु मार्फत रमाइलो र अन्तरक्रियात्मक संवादहरू गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL