Logo

खल्तीले ल्यायो हवाई टिकट खरीदमा अफर, अब मात्र १ रुपैयाँमा हवाई टिकट खरिद गर्ने अवसर

खल्तीले ल्यायो हवाई टिकट खरीदमा अफर, अब मात्र १ रुपैयाँमा हवाई टिकट खरिद गर्ने अवसर



काठमाडौं । हवाई टिकट मात्र १ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । खल्ती डिजिटल वालेटले जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र १ रुपैयाँमा टिकट खरिद गर्न सकिने आकर्षक अफर ल्याएको छ ।

यस अफर मार्फत खल्तीमा उपलब्ध कुनै पनि एयरलाइन्सको टिकट बुक गर्ने हरेक प्रयोगकर्ताले ८ सयसम्मको क्यास ब्याक पनि पक्का पाउने भएका छन् । यसका साथै दैनिक एकजना भाग्यशाली विजेताले १ रुपैयाँमा उडान टिकट प्राप्त गर्नेछन् ।

खल्तीले हवाई टिकटको कुल रकमबाट जम्मा १ रुपैयाँ कटौती गरी बाँकी रकम विजेताको खल्ती खातामा ट्रान्सफर गर्ने जानकारी पनि गराएको छ ।

खल्तीले फ्लाइट टिकटमा नेपालकै सबैभन्दा बढी क्यास ब्याक प्रदान गर्ने अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी भएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL