Logo

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घट्यो, कम्पनीले गर्यो प्रस्तावित लाभांश परिमार्जन

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घट्यो, कम्पनीले गर्यो प्रस्तावित लाभांश परिमार्जन



काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश घटने भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश प्रस्ताव परिमार्जन गरेको छ । यसअघिको कुल २० प्रतिशत लाभांश प्रस्ताव परिमार्जन गरी १९ प्रतिशत कायम गरेको हो ।

laxmi

यस अघि कम्पनीको असार ७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६÷७७ को वितरणयोग्य मुनाफा र शेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको आधारमा १६ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

कम्पनीले बीमा समितिको निर्देशन बमोजिम बोनस शेयर १६ दशमलव ५० प्रतिशत र नगद लाभांश २ दशमलव ५० प्रतिशत दिने गरी प्रस्तावित लाभांश परिमार्जन गरेको हो । कम्पनीको लाभांशमा नगद लाभांश मात्र १ प्रतिशत कम भएको छ ।

परिमार्जित लाभांश नेपाल सरकार अर्थमन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू। १० अर्ब रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL