Logo

नेपालमा पहिलो पटक परियोजनामा प्राईभेट इक्विटी फण्डको लगानी, ग्लोबलले साढे १० मेगावाटको सोलार प्लाण्ट बनाउने

नेपालमा पहिलो पटक परियोजनामा प्राईभेट इक्विटी फण्डको लगानी, ग्लोबलले साढे १० मेगावाटको सोलार प्लाण्ट बनाउने



काठमाडौं । नेपालमा पहिलो पटक प्राईभेट इक्विटी एण्ड भेन्चर क्यापिटल (पीईभीसी)ले लगानी सुरु गरेको छ । उद्यमी राजेन्द्र खेतानलगायतको लगानी रहेको ग्लोवल इक्विटी फण्डले नेपालमै पहिलो पटक आधिकारीक रुपमा लगानी गर्न सम्झौता गरेको हो ।

laxmi

ग्लोवल इक्विटी फण्डले साढे १० मेगावाटको भृकुटी ग्रीड–टाईड सोलार प्रोजेक्टमा लगानी गर्न आशय पत्रमा हस्ताक्षर गरेको हो । फस्ट सोलार डेभलपरले आगाडि बढाएको सो परियोजनामा लगानी गर्न फस्ट सोलारका प्रमुख कार्यकारी अधिकृत एवं प्रबन्ध निर्देशक राजकुमार थापा र ग्लोबल इक्विटी फण्डका कार्यकारी निर्देशक डा. मनिष थापाले हस्ताक्षर गरेका हुन् । साथै नेपालमै पहिलो पटक पीईभीसीको रुपमा परियोजनामा लगानी गर्न आफुहरुले आशय पत्रमा हस्ताक्षर गरेको समेत थापाले जानकारी दिए ।

सम्झौता अनुसार उक्त परियोजनाको ग्लोबलले ३० प्रतिशत इक्विटी लगानी गर्ने समेत थापाले जानकारी दिए । हाल फस्ट सोलारले एसियाली विकास बैंक अन्तरगको भाएविलिटी ग्याप फण्डिङ (भीजीएफ) अन्तरगत बुद्ध भुमी नगरपालिकामा ८० करोड रुपैयाँ लागतमा उक्त आयोजना निर्माण गर्दै छ । सो आयोजनाको निर्माण गर्ने उक्त कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ ।

केही समयअघि मात्रै नेपाल धितोपत्र बोर्डबाट स्थापनाका लागि अनुमति पाएको ग्लोबल इक्विटी फण्डले संचालन अनुमति भने पाएको छैन । बोर्डले विभिन्न ५ ओटा कम्पनीको अध्ययन गरेर पूर्वाधार तयार गर्न अनुमति दिएको थियो । सोही अनुरुप केही दिनभित्रै ग्लोबल इक्विटीलाई संचालन अनुमति दिईने बोर्ड स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL