Logo

निजी क्षेत्रका लागि राहत तथा पुनर्स्थापना प्याकेज ल्याउने अर्थमन्त्रीको उद्घोष, प्राथमिकतामा आत्मनिर्भरता

निजी क्षेत्रका लागि राहत तथा पुनर्स्थापना प्याकेज ल्याउने अर्थमन्त्रीको उद्घोष, प्राथमिकतामा आत्मनिर्भरता



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले चाँडै राहत तथा पुनर्स्थापनाको प्याकेज ल्याउने बताएका छन् । बुधबार उद्योग परिसंघ नेपाल (सीएनआई)को १८ औं बार्षिक साधारणसभामा बोल्दै उनले कोरोनाबाट प्रभावित निजी क्षेत्रलाई माथि उकास्न र सहजीकरणको वातावरण सिर्जना गर्न उक्त प्याकेज ल्याउने बताएका हुन् ।

पछिल्लो समय कोरोना महामारीले नेपाली समाजलाई आत्मनिर्भर हुने बाटोमा लाग्ने चेतना पैदा गराईदिएको बताउँदै उनले अब आत्मनिर्भरताको बाटोमा लाग्नुपर्ने जानकारी दिए । कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रलाई आवश्यक सम्पुर्ण सहजीकरणहरु उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । उनले आफु निजी क्षेत्रसँग परस्पर रही हातेमालो गरेर अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL