GBIME

दीगो ई-८ विद्युतीय कारको मूल्य घट्यो, किन्न इच्छुकले तत्कालै पाउने


बिजखबर संवाददाता
4 June, 2021 10:21 am

thee-go-e8-electric-car

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो ई-८ विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको जनाएको छ ।

Bajaj
NABIL
YAMAHA

सरकारले गरेको यस सकारात्मक कदमको सह्रानास्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दीगो ई-८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । नयाँ मूल्य २१ लाख ९४ हजार ५ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएको हो । दीगो ई-८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार भएको कम्पनीले जनाएको छ ।

sarbottam

परिमार्जित मूल्यमा सो गाडी उपलब्ध हुने खबर विद्युतीय कार खरिद गर्ने सोच बनाइरहेका ग्राहकका लागि निकै नै सकारात्मक रहने कम्पनीले विश्वास लिएको छ ।

दीगो ई-८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको जनाएको छ ।

दीगो ई-८ तत्कालै मानिसको ध्यान खिच्न सक्ने ताजा डिजाइनको आधुनिक कार भएको कम्पनीको दाबी छ । यो आधुनिक डिजाइन र उच्चतम प्रविधिको समिश्रण हो, जसले कार्बन उत्सर्जन कटौतीमा योगदान गर्छ । यो कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ ।

एकपटकको चार्जले सामान्य सञ्चालनको अवस्थामा यो कार १५० किलोमिटरसम्म (एनइडिसी २०० किलोमिटर) कुद्छ भने यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घण्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

दीगो ई-८ को प्रतिकिलोमिटर बिजुली खर्च सामान्य सञ्चालन अवस्थामा १ रुपैयाँ १० पैसामात्रै पर्छ ।

प्रतिक्रिया दिनुहोस्

MBL