Logo

नयाँ वर्षमा यति एयरको विशेष अफर, कहाँ जान कति भाडा ?

नयाँ वर्षमा यति एयरको विशेष अफर, कहाँ जान कति भाडा ?



काठमाडौं । निजी क्षेत्रको अग्रणी हवाई संस्था यती एअरलाइन्सले नयाँ वर्षमा विशेष अफर सार्वजनिक गरेको छ । यती एअरलाइन्सले आफ्नो एरअलाइन्सको मोबाइल एप्सबाट टिकट खरीद गर्दा प्रोमो कोर्डको प्रयोग मार्फत सस्तो मूल्यमा हवाई टिकटको व्यवस्था मिलाएको छ ।

laxmi

एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले नयाँ वर्षको शुभकामनासहित यात्रुका लागि यो सुविधासहितको अफर सार्वजनिक गरेको जानकारी दिए । उक्त अफर तीन दिनका लागि खुला गरिएको प्रवक्ता बर्तौलाको भनाइ छ ।

नयाँ अफरसँगै यात्रुले एकतर्फी रुपमा काठमाडौँ–पोखरा रु एक हजार ५७८, काठमाडौँ–भैरहवा रु एक हजार ६७८, काठमाडौँ–विराटनगर रु दुई हजार ७८, काठमाडौँ–भद्रपुर रु दुई हजार ३७८ र काठमाडौँ–नेपालगञ्ज दुई हजार ९७८ हवाई भाडा तिरे पुग्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL