Logo

सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि, सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मत सेवा उपलब्ध

सिप्रदीको सर्टिफाइड ग्यारेज अब मेलम्चीमा पनि, सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा मर्मत सेवा उपलब्ध



काठमाडौं । सिप्रदी ट्रेडिङले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

laxmi

टाटा कमर्शियल गाडीहरुका ग्राहकहरुलाई सहज रुपमा आफ्नै स्थानमा गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको मेलम्चीमा जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता प्रदान गरेको छ ।

२०७७ चैत १८ गते टाटा मोर्टस ग्राहक सेवाअन्तरगतका नेपाल तथा भुटानका कन्ट्री मेनेजर समान्य दास र सिप्रदी ट्रेडिङ ग्राहक सेवाका महाप्रबन्धक सम्देन लामाले संयुक्त रुपमा उक्त वर्कशपको उद्घाटन गरेका थिए ।

उक्त अवसरमा विगत लामो समय देखी टाटाका गाडीहरु संचालन गर्दै आएका ग्राहक चिरन पराजुलीलाई सम्मान गर्नुका साथै टाटा बीएसआईभी गाडी सम्बन्धि चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरिएको थियो । ३० जना भन्दा बढि ग्राहकहरुले उक्त प्रशिक्षण कार्यक्रमा सहभागिता जनाएका थिए ।

ग्राहकहरुले सम्पूर्ण टाटा कमर्शियल गाडीहरुको सर्भिस तथा साधारण मर्मतका कार्यहरु उक्त सर्भिस सेन्टरबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL