काठमाडौं । आइएमई ग्रुपद्वारा सञ्चालित आईएमई पे र फूडमाण्डुबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपालकै पहिलो अनलाइन फूड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डुबाट खरिद गर्दा सेवाग्राहीहरुले अबदेखि आईएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।
फूडमाण्डु र आईएमई डिजिटल सोलुशन लिमिटेडबीच भएको सम्झौता पछि अबदेखि आईएमई पेको भुक्तानी सेवा फूडमाण्डुको एप र वेब दुबैमा सुरु गरिएको हो ।
आईएमई डिजिटल सोलुशन लिमिटेडका बजार प्रमुख गुण श्रेष्ठले फूडमाण्डुमा ‘आइएमई पे’ को भुक्तानी सेवा सँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि शुरु भएको बताउनु भयो ।
यस्तै सेवाग्राहीहरुले फूडमाण्डुसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गर्न सकिने आईएमईले जनाएको छ । फूडमाण्डुको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ ।