काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–चोङकिङ–काठमाडौं उडान सुरु गरेको छ। एयरलाइन्सले चीनको चोङकिङमा आजबाट पुनः उडान थालेको हो। यसअघि कम्पनीले चोङकिङमा २०७५ कात्तिक १ मा उडान थालेपनि कोभिडका कारण बन्द भएको थियो । त्यसपश्चात पुनः मंगलबारदेखि यसको उक्त रुटमा उडान सुरु भएको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एयरलाइन्सले आज बिहान १०.०७ मिनेटमा चोङकिङका लागि उडान गरेको…