काठमाडौं । चन्द्रागिरी हिल्सको नाफा ९९.३९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले २२ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो अघिल्लो आवको तुलनामा झण्डै दोब्बरले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ११ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो…