काठमाडौं । कास्कीको मादी गाउँपालिकामा सिक्लेस–कोरी केबुलकारको निर्माण प्रक्रिया सुरु हुने भएको छ । गाउँपालिकाको केन्द्र याङजाकोटमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा लिइएको गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिएका छन । उनका अनुसार सिक्लेसको १ हजार ५ सय मिटरको उचाइ भुलकुचाबाट सुुरु भई ३ हजार ८ सय…