काठमाडौं । भदौं १६ गतेबाट नियमित अन्तरराष्ट्रिय उडान खोल्ने निर्णय गरेको सरकारले आन्तरिक उडान भने तत्काल नखोल्ने भएको छ । मंगलबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आर्थिक वर्ष २०७६–०७७ को प्रगति पुस्तिका सार्वजनिक गर्दै आन्तरिक उडान तत्कालै खोल्ने अवस्था नभएको बताए । मन्त्री भट्टराईले कोभिड १९का संक्रमित बढ्दै जाँदा आन्तरिक उडान अनिश्चित भएको बताए।…