काठमाडौं । नेपाल वायुसेवा निगमले सोमबारदेखि आफ्नो उडान सेवा भएका सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेको छ । यस सेवाबाट यात्रुले विश्वको कुनै पनि ठाँउबाट निगमको वेवसाइट डब्लु डब्लु डब्लु डट नेपाल एयरलाइन्स डटकम डट एनपीबाट अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सक्ने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।…